Sajhamanch Archive

एक नम्बर प्रदेशमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागका महानिर्देशक दिपक काफ्लेले एकनम्बर प्रदेशको झापा जिल्लामा आजदेखि राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने कार्य शुरु भएको जानकारी गराएका छन् ।

सोमबार जिल्ला समन्वय समिति झापाको सभाकक्षमा आयोजित राष्ट्रिय परिचयपत्र सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले जानकारी गराएका हुन् । ‘प्रविधिमैत्री, सुशासित र सुदृढ सेवा प्रवाह नेपालको सान, बहुउपयोगी राष्ट्रिय परिचयपत्र हाम्रो पहिचान’ नाराका साथ शुरु गरिएको राष्ट्रिय परिचयपत्रको विवरण संकलन अभियानको दोस्रो चरणको काम १५ जिल्लामा शूरु भएको हो ।

अभियान अन्तर्गत १ नम्बर प्रदेशको झापा र संखुवासभा, २ नम्बर प्रदेशमा सप्तरी र महोत्तरी, ३ नम्बर प्रदेशमा ललितपुर, रसुवा र चितवन, ४ नम्बर प्रदेशमा स्याङजा र तनहुँ, ५ नम्बर प्रदेशमा कपिलबस्तु र गुल्मी, कर्णाली प्रदेशमा सल्यान र जुम्ला र ७ नम्बर प्रदेशमा अछाम र कञ्चनपुरमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन कार्य शुरु भएको महानिर्देशक काफ्लेले बताए ।

प्रतिनिधि सभाका माननीय सांसद जसमाया गजमेरको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा माननीय सांसदहरु इन्दिरा राई, राधा थापा, ओमप्रकाश सरावगीलगायत नगरपालिका र गाउँ पालिकाका प्रमुख तथा उपप्रमुखहरुको उपस्थिति रहेको थियो ।

झापाका प्रमुखजिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा अन्तनरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *