Sajhamanch Archive

गौरीगञ्जमा पौने नौ करोडको सिंचाइ योजना

Published: in राष्ट्रिय समाचार by .

दमक । गौरीगञ्ज गाउँपालिका–६ को तल्लो रामचन्द्रे सिचाइ उप–आयोजनाको सिलान्यास गरिएको छ। प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले सोमबार उप–आयोजनाको सिलान्यास गरेका हुन्।

सिंचाइ आयोजनाका लागि नेपाल सरकारबाट आठ करोड ७८ लाख रुपैयाँ विनियोजन भएको छ। निर्माण कार्य २०७७ पुसमसान्तसम्म सम्पन्न गर्नुपर्ने सम्झौता भएको छ। रामचन्दे्र सिंचाइ उप–आयोजना निर्माणका लागि नयाँ बाटो शिवाको सतासी जेभी कम्पनीले जिम्मा पाएको छ। निर्माण सम्पन्न भएपछि गौरीगञ्ज गाउँपालिका वडा नं. ५ र ६ का ५ सय हेक्टर जमिन सिचाइ गर्न सकिने बताइएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *