Sajhamanch Archive

हिरासतमुक्त भएपछि प्रदीपले भने, निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे

Published: in मिडियाबाट साभार by .

काठमाडौँ । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न भएको आरोपमा तीन साता थुनामा राखिएका प्रदीप रावल पनि छुटेका छन् । उनीविरुद्ध पर्याप्त प्रमाण फेला नपारेपछि बुधबार साधारण तारेखमा छाडिएको हो ।

छुटेपछि रावले प्रहरीले यातना दिएको बताएका छन् । सिआइबीको कार्यालयमा यातना दिएपछि आफू र विशाल चौधरीले मिलेर निर्मलाको हत्या गरको भनेर बयान दिएको उनले बताए । ‘पैतालामा लाठीले हाने, मेरो तिघ्रामा लाठी राखेर माथिबाट टेके, विशालले तेरै नाम लिएको छ भने, ’ छुटेपछि प्रदीपले भने, ‘निकै दुखेपछि मैले हो भनिदिएको हुँ, त्यसपछि कुट्न छाडे ।’

नयाँ पत्रिकबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *