बम्जनको आश्रमबाट आनीहरू बेपत्ता
Published:
by .
हेटौँडा । लिटिल बुद्धका नामले चिनिएका रामबहादुर बम्जनको आश्रमबाट आनीहरू बेपत्ता भएको उजुरी परिवारले गरेका छन्।
फूलमाया रुम्बा र कर्म वाइबालगायत बेपत्ता भएको उनीहरू परिवारले बताएको हो। विजय रुम्बाले दिदी फूलमाया र महेन्द्र वाइबाले बुबा सञ्चलाल वाइबा करिब पाँचवर्षदेखि हराइरहेकाले खोजी गरिदिन छुट्टाछुट्टै निवेदन दिएको जिल्ला प्रहरीका डीएसपी यज्ञप्रसाद भट्टराईले बताए।
बाराको रतनपुरी जंगलमा निराहार तपस्या गरेको पनि चर्चामा आएका बम्जनको आश्रममा आनी बन्न फूलमाया २०६८ मा गएको उनको परिवारले जनाएको छ। बाराको हलियाखोरस्थित बम्जनको आश्रममै रहेको अवस्थामा २०७१ सालको अन्त्यदेखि सम्पर्क टुटेको भाइ विजयको भनाइ छ। उनका अनुसार अन्य दुई आनी पनि बेपत्ता छन्। ‘हामीले दिदीको खोजी गरिरहेका छौँ’, उनले भने।
कान्तिपुर दैनिकबाट ।
Comments