देशभर अब एक लाख ३८ हजार कर्मचारी
Published: (Updated: )
by .
काठमाडौं । संघीय शासन प्रणालीका तीनै तहमा गरी अब कर्मचारीको संख्या एक लाख ३८ हजार १७८ हुने भएको छ। स्थायी सरकारका रूपमा रहने यी कर्मचारीले तीनवटै तहमा रहेर नागरिकलाई सेवा दिनेछन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संघ, प्रदेश र स्थानीय तहमा रहने संगठन संरचना र कर्मचारी दरबन्दीको अन्तिम टुंगो लगाएपछि संघीयतामा स्थायी सरकारमा रहने कर्मचारीको स्पष्ट प्रारूप तयार भएको हो। सरकारको यो निर्णयानुसार अब संघमा ४७ हजार नौ सय २०, प्रदेशमा २२ हजार ७५५ र स्थानीय तहमा ६७ हजार ५०३ कर्मचारी रहनेछन्।
सरकारले पछिल्लोपटक स्वीकृत गरेको दरबन्दीअनुसार तीनवटै तहमा स्वीकृत गरिएको दरबन्दीमा हाल कार्यरत रहेका कर्मचारी समायोजन गर्दा २६ हजार २७३ पद रिक्त हुने देखिएको छ।
राजधानी दैनिकबाट ।
Comments