गुराँस इन्स्योरेन्सले गर्यो वीमा दाबीको भुक्तानी
Published:
by .
भद्रपुर । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी क्षेत्रीय कार्यालय विर्तामोडले वीमा दाबी भुक्तानी गरेको छ ।
वीमित झापा भद्रपुर–८ निवासी स्व. किस्मत प्रधानको घरमै गएर उनका परिवारलाई बीमावापतको रकम २० लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो । किस्मतले गत असारमा गुराँस लाइफ इन्स्योरेन्सकी अभिकर्ता कमला राईमार्फत इलाममा १० लाख रुपैयाँको जीवन वीमा र १० लाख रुपैयाँको दुर्घटना वीमा गरेका थिए ।
गत कात्तिक २६ गते मोटरसाइकल दुर्घटनामा उनको अकल्पनीय निधन भएपछि उनको बीमावापतको रकम र बोनस रकम कम्पनीले परिवारलार्ई प्रदान गरेको हो । कम्पनीका क्षेत्रीय प्रवन्धक गिरधर श्रेष्ठलगायत कर्मचारीहरुको टोली शुक्रबार विहान घरमै पुगेर पिता कृष्ण प्रधानलाई वीमा दाबी रकमको चेक हस्तान्तरण गरेका थिए । निवासमै एक संक्षिप्त कार्यक्रम गरी भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ र कम्पनीका क्षेत्रीय प्रवन्धक श्रेष्ठले संयुक्त रुपमा चेक हस्तान्तरण गरेको कम्पनीमा कार्यरत राजु सिजापतिले जानकारी दिए । त्यहाँ भद्रपुर नगरपालिका उपप्रमुख चन्द्रा श्रेष्ठ, वडा नं ५ का वडाध्यक्ष बन्धु कार्कीलगायत शुभचिन्तकहरुको उपस्थिति थियो ।
‘भाइ किस्मतले हाम्रो इन्स्योरेन्समा वीमा गराउनु भएको थियो, उहाँ अकल्पनीय रुपमा दुर्घटनामा पर्नुभयो, यसले हामीलाई पनि स्तब्ध तुल्याएको छ’, किस्मतप्रति श्रद्धाञ्जलिका शब्द व्यक्त गर्दै कम्पनीका प्रवन्धक श्रेष्ठले भने– ‘हामीले उहाँको परिवारलाई सकेसम्म चाँडो वीमा दाबी भुक्तानी दियौं ।’ यसरी वीमितको घरमै पुगेर दाबी रकम भुक्तानी गर्दा बीमाप्रति जनमानसको विश्वास पनि बढ्दै गइरहेको उनको भनाइ छ ।
गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले यो आर्थिक वर्षको साउनयता एक करोड रुपैयाँभन्दा बडी वीमा दावी भुक्तानी गरिसकेको श्रेष्ठले जानकारी दिए ।
Comments