Sajhamanch Archive

शिवसताक्षीमा सामुदायिक मेलमिलाप सम्बन्धी प्रशिक्षण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समितिकी संयोजक भोजकुमारी नेपालले नगरमा श्रावण यता २६ ओटा मुद्धा आएको बताएकी छिन् । उनले शनिबार शिवसताक्षीको झिलझिलेमा सामुदायिक मेलमिलप सम्वन्धी प्रशिक्षण कार्यक्रममा २६ ओटा मुद्धामा ५ ओटा फैसला भैसकेको २१ ओटा मुद्धा विचाराधिन रहेको जानकारी दिइन् ।

नगरको न्यायिक समितिमा विशेष गरी मानोचामल, जग्गाको साँध सिमाना, अंशबण्डा र लेनदेन सम्वन्धी मुद्धा आउने गरेको संयोजक नेपालले जानकारी दिइन् । उनका अनुसार हाल न्यायिक समितिले मुद्धा दर्ता गर्दा फरातकै ढाँचामा मुलुकी देवानी कार्यविधी अनुसार नै गरिदै आएको छ ।

वडामा रहेका सामुदायिक मेलमिलाप केन्द्रमा रहेका सदस्यरुलाई नगरले १३ गतेबाट २० गतेसम्म प्रशिक्षण सञ्चालन भइरहेको छ । तालिममा ३३ जना मेलमिलाम केन्द्रका सदस्यहरु सहभागी रहेका छन् । नगरमा आएका मुद्धालाई प्रारम्भिक चरणमा वडाकै मेलमिलाम केन्द्रद्वारा मिलाउने भएको हुनाले वडामेलमिलाप केन्द्रका सदस्यहरुलाई प्रशिक्षण दिइएको बताइएको छ । प्रशिक्षणको सरहजीकरण अधिबक्ता ज्ञानेन्द्र बहादुर कार्की र अधिवक्ता देवी निरौलाले गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *