छैंटौ राष्ट्रिय पोल्ट्री दिवस झापाको दमकमा मनाइने
Published:
by .
कमल । छैंटौं राष्ट्रिय पोल्ट्री दिवस यो वर्ष विविध कार्यक्रमका साथ झापाको दमकमा मनाइने भएको छ ।
नेपाल अण्डा उत्पादक संघ प्रदेश नम्बर १ को आयोजना तथा नेपाल पशुपंक्षि औषधी व्यवसायी संघ प्रदेश नम्वर १ सह आयोजक तथा नेपाल सरकार पशुसेवा विभागको प्रयोजनामा छैटौ राष्ट्रिय पोल्ट्री दिवस झापाको दमकमा आयोजना हुन लागेको पत्रकार मञ्च दमकमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।
आगामी पुस १७ गतेका दिन दमक स्थित रेडक्रस भवनमा कार्यक्रमकामा कृषि राज्यमन्त्री राम कुमारी चौधरीले उद्घाटन गर्नु हुने नेपाल अण्डा उत्पादक संघ प्रदेश नम्बर १ का संयोजक माधव पराजुलीले जानकारी गराए । चितवन पछि झापा कुखुरा पालनको हव भन्दै गएकोले यस वर्षका राष्ट्रिय पोल्ट्री दिवस दमकमा गर्न लागेको आयोजकले बताएका छन् । राष्ट्रिय पोल्ट्री दिवस कै अवसर पारेर पुस १७ देखी १९ गतेसम्म साँस्कृतिक कार्यक्रम सहित तीन दिवशीय चिकेन फेस्टिवल समेत गर्न लागेको झापा जिल्ला अण्डा उत्पादक संघका सचिव सन्तोस भण्डारीले जानकारी दिए ।
कृषिका हरेक क्षेत्रमा सहुलियत दरमा कर्जा पाए पनि पोल्ट्री व्यवसायमा भने प्रदेश नम्बर १ मा व्यवसायिक रुपमा ५ सय जना व्यवसायीले ८ लाख भन्दा बढी लेयर्स कुखुरा र २०० भन्दा बढी कृषकले १२ लाख भन्दा बढी ब्रोईलर कुखुरा पालन गरिरहेको नेपाल अण्डा उत्पादक संघ प्रदेश नम्बर १ का संयोजक माधव पराजुलीले जानकारी दिए । उनका उनका अनुसार कुखुरा पालनमा २० अरब भन्दा बढीको लगानी छ । यतिठुलो लगानी भएको क्षेत्रमा राज्य तर्फबाट नत कुनै सुविधा छ नत कुनै अनुगमन छ । कृषकले उत्पादन गरेको मासु र अण्डाको उचित मुल्य नपाएर कतिपए कृषकले बैंक व्याज तीर्न सम्म नपुग्ने अवस्था रहेको नेपाल अण्डा उत्पादक संघ प्रदेश नम्बर १ का संयोजक परापुली बताउँछन् ।
Comments