Sajhamanch Archive

महिला बन्दी गृहमा व्याग तथा चप्पल बनाउने तालिम सुरु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । कैदी बन्दी जीवन विताइरहेका महिलाहरुलाई कैद भुक्तान गरेर समाजमा फर्किदा जिवन जिउन सजिलो होस भन्ने उद्देश्यले महिला बन्दी गृह झापामा ब्याग तथा चप्पल बनाउने तालिम शुरु गरिएको छ ।

कारागार कार्यालय भद्रपुरको संयोजन तथा झापाका विभिन्न स्थानीय तहको सहयोगमा एविसी नेपालद्वारा आयोजित तालिमको झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बोल्दै झापाका स्थानीय तहका उपप्रमुखले महिला तथा बन्दी गृह सुधारका लागि आफूहरुले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रममा प्रमुख अतिथि जनकराज दाहाल, भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्दा श्रेष्ठ, दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारी, एविसि नेपाल झापाकी संयोजक कञ्चना ढकाल सिटौला, लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतारा प्रसाई, कन्काई नगरपालिकाकी उपप्रमुख मन्जु दाहाल, शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, अर्जुनधारा नगरपालिकाकी उपप्रमुख कमला आचार्य, बुद्धशान्ति गाउँपालिकाकी उपप्रमुख मिरा भूर्तेल लगायतको उपस्थिती रहेको थियो । जेलर राजु दाहालको सभापतित्वमा सम्पन्न कार्यक्रममा कैदी बन्दी यशोदा पराजुलीले स्वागत गरेका थिए भने सञ्चालन युवराज गिरीले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *