अग्नीपीडितलाई युवाले सहयोग गर्ने
Published:
by .बिर्तामोड । झापाको मेचीनगरमा भएको आगलागी पीडितलाई संयुक्त युवा परिवार झापाले सहयोग गर्ने भएको छ । आइतबार संस्थाको कार्यसमिति तथा सल्लाहकारसहितको विषेश भेलाले उक्त आगलागी पीडितलाई सहयोग गर्ने निर्णय गरेकोे हो ।
संस्थाले असाहय विद्यार्थीको शैक्षिक उन्नयनका लागि गत पुस १३ गतेदेखि झापाको बिर्तामोडमा आयोजना गरेको ‘बिर्तामोड महोत्सव–२०७५’ बाट संकलित रकम अग्नी पीडितलाई सहयोग गर्ने निर्णय गरेको संस्थाका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले बताए । गत बिहीबार राती आगलागी हुँदा २२ वटा छाप्रा नष्ट भई १ करोड ४३ लाख ५५ हजार ५ सय बराबरको धनराशी क्षति भएको थियो ।
विकृतरहित समाज निर्माणमा योगदान पु–याउदै आएको संयुक्त युवा परिवारले मेचीनगरका अग्नीपीडितलाई थोरै भएपनि सहयोग गर्ने उद्देश्यमा लागिपरेको संस्थाका महासचिव बद्री महतले जानकारी दिए । संकलित रकम महोत्सव सम्पन्न भएपछि अग्नीपीडित स्थलमै पुगेर वितरण गर्ने जनाइएको छ ।
Comments