Sajhamanch Archive

जंगली हात्तीको आक्रमणबाट वृद्धाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

उदयपुर । त्रियुगा नगरपालिका–२ लाहालेमा करिब ६५ वर्षीया सावित्रा राईको जंगली हात्तीको आक्रमणमा मृत्यु भएको छ।

लुहाले सामुदायिक वन क्षेत्रमा हात्तीको आक्रमणबाट त्रियुगा नगरपालिका–१२ की राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जानकारी दिइएको छ।

गत आइतबार दिउँसो घाँस काट्न जंगल गएकी राईलाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले बताए। उनले भने, ‘घटनाको जानकारी आउने बित्तिकै घटनस्थलमा प्रहरी पुगेर घटना प्रकृति मुचुल्का तयार गरी राईको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा ल्याइएको छ।’ डिभिजन वन कार्यालय उदयपुरका डिभिजन वन अधिकृत विष्णुप्रसाद आचार्यका अनुसार मृतकका आफन्तलाई सरकारको तर्फबाट प्राप्त हुने क्षति तथा राहतका लागि आवश्यक सहयोग र सिफारिस गरेको बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *