ब्रेक फेल भएको गाडीले किचेर एक वृद्धको ज्यान गयो
Published:
by .
इलाम । इलाममा ब्रेक फेल भएको गाडीले किचेर एक वृद्धको मृत्यु भएको छ ।
इलामको फाकफोकथुम गाउँपालिका–१ लुङसुङदाङमा सोमबार बिहान गाडीले किचेर ७२ वर्षीय सोमप्रसाद दाहालको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब निरीक्षक भूपेन्द्र ढुङ्गानाले जानकारी दिए।
उनका अनुसार लुङसुङदाङबाट इलाम जाने क्रममा गाडीले किचेर फाकफोकथुम गाउँपालिका–१ का दाहालको मृत्यु भएको हो । सडकमा रोकेर यात्रुलाई गाडीभित्र हाल्ने क्रममा अचानक गाडीको ब्रेक फेल भएर पछि सर्दा गाडीले किचेको हो ।
गाडी पल्टिए पनि गाडीमा सवार कोही पनि घाइते नभएको प्रहरीले जनाएको छ । चालक सन्देश पौडेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Comments