Sajhamanch Archive

पोखरामा एक महिलाले आफैंलाई आगो लगाइन्

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पोखरा । पोखरामा एक महिलाले अस्पतालअगाडि आफैंलाई आगो लगाएकी छिन् । पोखरा पृथ्वीचोकस्थित पश्चिमाञ्चल सामुदायिक अस्पताल अगाडि मट्टिटेल खन्याएर आगो लगाएर जल्ने प्रयास गरेकी हुन् ।

प्रत्यक्षदर्शी सुरज गुरूङका अनुसार उनी एक भारतीय महिला हुन् । गुरूङले उनको तस्बिर समेत खिचेका थिए ।

उनी आफैंलाई आगो लगाएर महिला बाटोमा लडिबुडी खेलेपछि प्रत्यक्षदर्शीले आगो निभाएका थिए । उनलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनले आफैंलाई किन जलाइन् भन्ने खुलिसकेको छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *