Sajhamanch Archive

पाँथरको सप्तमी बजारमा हावाबाट विजुली निकालेपछि गाउँ झिलीमिली

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

पाँचथर । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर २ स्थित सप्तमी बजारमा हावा र सौर्यशक्तिबाट बिजुली निकालिएको छ ।

यसअघि विद्युतको पहुँच नभएको गाउँमा हावा र सौर्यशक्तिबाट विजुली निकालिएपछि सिंगो गाउँ नै झिलीमिली बनेको छ । हावाबाट विजुली निकाल्ने चर्चा केही वर्षअघिदेखि सुरु भएको थियो । जुन चर्चा चर्चामा मात्र नभई अहिले प्रयोगमै देखिएको छ ।

पाँचथरको मिक्लाजुङ सौर्य बाट ५० वाट र हावा बाट २० किलो वाट गरी जम्मा ७० किलोवाट उत्पादन गरेपछि यस क्षेत्रका १ सय १० घरधुरी लाभान्वित भएका छन् । अहिले विजुली परीक्षणको क्रममा रहेको सप्तमी सौर्य उर्जा ब्यवस्थापन समितीका अध्यक्ष गंगा आङदेम्बेले बताए ।

वाइरिङसहितका अन्य काम पुरा नभएका कारण यसको औपचारिक उद्घाटन भने हुन बाँकी छ । विद्युत उत्पादनका लागि एसियाली विकास बैंकले ४ करोड ५० लाख रुपैयाँ सहयोग गरेको छ । त्यस्तै स्थानीयले कुल लागतको १० प्रतिशत लगानी गरेका छन् ।

सप्तमी सौर्य, वायु ऊर्जा मिनी ग्रिड नामक योजनामार्फत् सप्तमीमा हावाबाट बिजुली निकालिएको समितिका सचिव महेन्द्र आङदेम्बेले जानकारी दिए । विजुली उत्पादन भएपछि स्थानीयवासी धेरै कुरामा सहुलियत हुनेमा विश्वस्त देखिएका छन् ।

बत्ती बाल्न, खाना पकाउन, फ्याक्ट्री चलाउनलगायतका काममा सहज हुने वडा सदस्य सन्तकला वढ्यौली मगरको भनाइ छ । निशुल्क रुपमा उपलब्ध यस्ता प्राकृतिक स्रोतहरुको भरपुर उपयोगमार्फत् उर्जा उत्पादन गर्न सके त्यसबाट ठूलो फाइदा पुग्नेमा कुनै शंका छैन ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *