मोडल क्याम्पस दमकमा टोपी दिवस मनाइयो
Published: (Updated: )
by .
दमक । मोडल क्याम्पस साहित्यिक मञ्च दमकले मंगलबार टोपी दिवस एक मनाएको छ । मञ्चले छैंटौ अन्तराष्ट्रिय ढाका टोपी दिवस मोडल क्याम्पस परिसरमा एक कार्यक्रम गरी मनाइएको हो ।
मञ्चका अध्यक्ष जितेन साङपाङको अध्यक्षतामा भएको टोपी दिवस कार्यक्रममा मञ्चका संरक्षक विन्दु दाहालले नेपाली टोपीको बिषय प्रकाश पारेकी थिइन् । मोडल क्याम्पसका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि कृष्ण तिम्सिनाले बोल्दै केही समय अघिसम्म नेपाली ढाका टोपी बिषेश गरी बुढापाकाले मात्र लगाउने गरे पनि पछिल्लो समय युवा पुस्ताले टोपी लगाउन थालेको बताए ।
मेरो ढाका टोपी, मेरो गौरब, मेरो पहिचान भन्ने नाराका साथ मनाइएको ढाका टोपी दिवस कार्यक्रममा नेपाली टोपीसँंग सम्बन्धित कविता, गजल बाचन गरिएको साहित्यिक मञ्चले जनाएको छ । क्याम्पसका बिधार्थीले गायन र नृत्य पनि प्रस्तुत गरेका थिए । प्राध्यापक त्रिलोचन अधिकारी लगायतले मन्तव्य राख्नु भएको कार्यक्रमको संञ्चालन टिकाराम सापकोटा( बिश्वकर्मा )र सर्मपण थापा मगरले संयुक्त रुपमा गरेका थिए ।
Comments