Sajhamanch Archive

दक्षिण अफ्रिकी सरकारद्वारा न्युनतम ज्याला निर्धारण, प्रतिघण्टा १.३९ डलर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दक्षिण अफ्रिकाको सरकारले देश निर्वाचनको सङ्घारमा रहेको समय मङ्गलबार पहिलो पटक निम्नतम ज्यालाको घोषणा गरेको छ। दक्षिण अफ्रिकामा आगामी मे महिनामा निर्वाचन हुने घोषणा भइसकेको छ।

निर्वाचनमा लाखौँको सङ्ख्यामा रहेका निम्न आय भएका श्रमिकको निम्नतम ज्याला तोकेर उनीहरूको मत सत्ताधारी अफ्रिकन नेशनल कङ्ग्रेस (एएन्सी)ले मत परिणामलाई प्रभावित पार्न खोजेको विपक्षीको आरोप छ। देशको अर्थतन्त्रमा सङ्कट रहेकै समय ज्याला तोकेर देशलाई थप सङ्कटतिर धकेल्ने निर्णयको पछि नलाग्न अफ्रिकी डेमोक्रेटिक अलायन्सले ट्रेड यूनियन तथा गरिब नागरिकलाई आग्रह गरेको छ। उसले राष्ट्रपतिको पछिल्लो कदम मत आकर्षण गर्ने योजनाभन्दै यसप्रति सचेत बन्न भनेको छ।

राष्ट्रपति साइरिल रामापोसाले ज्याला निर्धारणबाट गरिब तथा ग्रामिण वस्तीका जनतालाई राहत दिने अपेक्षा गरिएको बताए। प्रतिघन्टा १.३९ अमेरिकी डलर बराबर निम्नतम ज्याला निर्धारणको राष्ट्रपतिको घोषणालाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे ट्रेड यूनियनमा विभाजन देखिएको छ। नयाँ बर्षको अवसर पारेर घोषणा गरिएको यस निर्णयबाट लाखौँ श्रमिकले आफ्नो उचित ज्याला पाउने विश्वास रामापोसाले लिएका छन्। एएनसीले सरकारी कदमबाट शहरका गरिब र ग्रामिण जनतालाई न्याय मिल्ने बताएको छ।

पूर्व राष्ट्रपति याकोव जुमाले भ्रष्टाचार गरेको हल्लाले एएनसीका मतदातामा परेको नकारात्मक छाप मेट्न रामापोसाले यो निर्णय लिएकाे विश्लेषकहरूले बताएका छन्। दक्षिण अफ्रिकामा गत बर्षको आर्थिक वृद्धि शुन्य दशमलब सात प्रतिशत रहने पक्षेपण गरिएको छ भने वेरोजगार दर अहिलेसम्मकै बढी २७ प्रतिशत रहेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *