Sajhamanch Archive

भोजपुरमा ज्येष्ठ नागरिक र अशक्तलाई सार्वजनिक यातायातमा ५० प्रतिशत छुट

Published: in राष्ट्रिय समाचार by .

भोजपुर । जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारी साधनमा छुट गराएको छ ।

गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए ।

छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचय पत्र दिने गाउँपालिकाले जनाएको छ ।

साथै गाउँपालिकाले सवारी दुर्घटना न्यूनीनकरण गर्न सवारी चालक अनुमतिपत्र नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *