सरकारले घटायो पेट्रोलियम पदार्थको मूल्य
Published:
by .
काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले घटाएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
मूल्य घटेसँगै अब पेट्रोलको मुल्य प्रतिलिटर १ सय ८ रुपैयाँ भएको छ । मट्टीतेल र डिजेलको मूल्य ९५ रुपैयाँमा कायम भएको छ । यसअघि मट्टीतेल र डिजेलको ९७ रुपैयाँमा रहेको थियो भने पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ रहेको थियो ।
यसबाहेक अन्य पदार्थको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ । समायोजन गरिएको मूल्य बुधबार राति १२ बजेदखि लागू हुने छ ।
Comments