Sajhamanch Archive

चिनियाँ यान चन्द्रमामा सफलतापूर्वक अवतरण

Published: in राष्ट्रिय समाचार by .

चीनले उसको एक रोबोटिक अन्तरिक्ष यानलाई चन्द्रमाको हालसम्म अध्ययन नगरिएको क्षेत्रमा सफलतापूर्वक अवतरण गराएको जनाइएको छ।

चाँग इ-४ नामक उक्त यान चन्द्रमाको दक्षिणी ध्रुव-एटकेन बेसिनमा अवतरण भएको ग्लोबल टाइम्सले जनाएको छ। उक्त यानले सो क्षेत्रको भौगर्भिक अध्ययन गर्न एवं एक जैविक प्रयोग गर्न चाहिने उपकरण साथमा लगेको छ।  त्यहाँको सञ्चार माध्यमले उक्त अवतरणलाई ‘अन्तरिक्ष यात्राको एक महत्त्वपूर्ण कोशेढुङ्गो’ भनेको छ।

यो यात्रा किन नौलो ?
चन्द्रमामा विगतमा गरिएका यात्रा पृथ्वीतर्फ फर्किएको क्षेत्रमा गरिएका थिए भने यसपटक पहिले अध्ययन नगरिएको परको क्षेत्रमा सो यान पुगेको छ। पछिल्ला दिनहरूमा सो अन्तरिक्ष यानले अवतरणको तयारीमा लागेको थियो।

गत सप्ताहान्तमा चिनियाँ सरकारी सञ्चार माध्यमले उक्त यान चन्द्रमाको सतहको १५ किलोमिटर नजिकैको कक्षमा उत्रिसकेको जनाएका थिए। बीबीसी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *