Sajhamanch Archive

दोहोरो नागरिकता लिने महिला विराटनगरबाट पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इनरुवा । झुटो विवरण पेश गरी दोहोरो नागरिकता लिने एक महिला विराटनगरबाट पक्राउ परेकी छन् ।

विराटनगर महानगरपालिका–६ निवासी ५३ वर्षीया सुशीला दाहाललाई उक्त अभियोगमा मोरङ प्रहरीले पुस १२ गते विराटनगरबाट पक्राउ गरी अनुसन्धानका लागि सुनसरी पठाएको हो ।

सुनसरी जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले बुधबार दिएको जानकारीअनुसार दाहालले २०४४ साल चैत्र १५ मा मोरङ जिल्ला प्रशासन कार्यालयबाट तीर्थराज खतिवडालाई बाबु बनाई नागरिकता लिएकी थिइन् ।

उनले बाबुराम दाहाललाई बाबु बनाई सुनसरी जिल्ला प्रशासनबाट २०४६ साल जेठ १६ गते अर्को नागरिकता लिएको भेटिएकाले उनलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट म्याद थप गराइ अनुसन्धान अघि बढाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *