Sajhamanch Archive

शिवसताक्षी युथ क्लबद्वारा मृगौला पीडित बुढाथोकीलाई सहयोग प्रदान

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी न.पा. ९ दूधे निवासी मृगौला पीडित सम्झाना बुढाथोकीलाई स्थानीय शिवसताक्षी युथ क्लबले राहत रकम प्रदान गरेको छ । क्लबले विहीबार पीडित बुढाथोकीलाई ४० हजार सहयोग रकम प्रदान गरेको हो ।

युथ क्लबले स्थानीय हाटबजार, संघ संस्थाहरुबाट रकम संकलन गरी राहत रकम प्रदान गरेको शिवसताक्षी युथ क्लबका सदस्य तथा सम्झाना बुढाथोकी बचाउ अभियानका मुख्य अभियान कर्ता सुजन भण्डारीले बताए ।

२७ वर्षीय बुढाथोकीको दुई वर्ष अघि दुवै मृगौला फेल भई उपचार गराइरहेको सम्झानाका बुबा भुवन बुढाथोकीले बताए । विवाह गरेको तीन महिना पछि मृगौला फेल भएको थाहा भयो बुबाले भने छोरीलाई माइती घर ल्याई उपचार गरिरहेको छु । छोरीको उपचार खर्च जुटाउन घर खेत बेचिसकेको बुबाले जानकारी दिए ।

उनका अनुसार काठमाण्डौमा उपचार गराई रकम अभावका कारण हाल मेची अञ्चल अस्पताल भद्रपुरमा उपचार भइरहेको छ ।  डा.का अनुसार सम्झानाको दुवै किड्नी प्रतियारोपण गर्नु पर्ने भएको छ । मृगौला प्रत्यारोपण गर्न ३० देखि ३२ लाख खर्च हुन्छ बुबाले भने त्यस्त्रो रकम कहाँबाट जुटाउनु । हाल उनलाई  हाप्ताको दुई पटक मेची अस्पताल भद्रपुरमा डाइलोसिस गराई रहेकी छिन । डाइलोसिसको लागि हप्तामा १० हजार खर्च भएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *