Sajhamanch Archive

गौतम बुद्धको ५५ औं बार्षिक उत्सव, शिक्षक तथा विद्यार्थी पुरस्कृत

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

भद्रपुर । भद्रपुर ५ स्थित गौतम बुद्ध प्राथमिक विद्यालयले विविध कार्यक्रमका साथ ५५ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।

विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष निर्मला राजवंशीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति प्रदान, उत्कृट शिक्षक तथा कर्मचारी सम्मान गर्दै कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा ओमप्रकाश गोयल स्मृति पुरस्कारबाट शिशु कक्षादेखि ५ कक्षासम्म प्रथम हुने विद्यार्थीलाई नगद दुई हजारले पुरस्कृत गरिएको थियो भने द्वितीय हुनेलाई १ हजार ५ सय तथा तृतीय हुनेलाई एक हजारका दरले पुरस्कृत गरिएको थियो ।

त्यसैगरी शुभलक्ष्मी पुरस्कारबाट कक्षा ५ का प्रथम हुने छात्रलाई नगद एक हजार तथा विद्यालय प्रथम हुनेलाई विद्यार्थीलाई नगद एक हजार प्रदान गरिएको थियो । पठनपाठनका लागि नियमित रुपमा छोराछोरीलाई विद्यालय पठाउने अभिभावकलाई समेत एक हजार रुपैयाले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ । त्यस्तै उत्कृष्ट शिक्षक पुरस्कारबाट अञ्जली श्रेष्ठ र निर्मला राजवंशी, कर्मचारी रमिला दवाडीलाई एक हजार नगद सहित पुरस्कृत गरिएको थियो ।

शिक्षिका सर्मिला अधिकारीले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर उपप्रमुख चन्द्रमाया श्रेष्ठ, नगर शिक्षा अधिकारी दिनेश न्यौपाने, नेपाली काँग्रेसका क्षेत्रीय सभापति गणेश पोखरेल, चन्दा दाता गीता श्रेष्ठ, वडा नम्बर ५ का अध्यक्ष बन्धु कार्की, पृथ्वी निमाविका प्रधान अध्यापक नवकुमार राय लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *