बोलेरो र मोटरसाइकल ठोकिदा दुई जनाको ज्यान गयो
Published: (Updated: )
by .
दूधे । झापाको शिवसताक्षीमा सडक दुर्घटनामा दुई जनाको ज्यान गएको छ । शिवसताक्षी १० स्थित माईधार सडक खण्डमा विहीबार बुलोरो र मोटरसाइकल एक आपसमा ठोकिदा दुई जनाको ज्यान गएको हो ।
मृत्यु हुनेमा ताप्लेजुङ थुरुम्बा निवासी सविन लिम्बु र सञ्जिव लिम्बु रहेको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । पूर्वबाट पश्चिम आउँदै गरेको बा १३ च नम्बार बोलेरो जिप र पश्चिमबाट पूर्व जाँदै गरेको मे ४ प ३२ नम्बारको मोटरसाइकल ठोकिदा उनीहरुको मृत्यु भएको इलाका प्रहरी कार्यालयका इन्चार्ज कैलाश राईले जानकारी दिए ।
दुर्घटनामा गम्भिर घाइते भएका दुवै जनाको विर्तामोड स्थित विएण्डसी अस्पातालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
Comments