Sajhamanch Archive

महिला कामदारलाई खाडीमुलुक जान प्रतिबन्ध लगाए पनि रोकिएन जानेक्रम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काँकरभिट्टा । सरकारले भारतको बाटो हुदैं वैदेशिक रोजगारीका लागि नेपाली महिला कामदारलाई खाडीमुलुक जान प्रतिबन्ध लगाए पनि जानेक्रम भने रोकिएको छैन । माइती नेपाल पुर्वाञ्चल क्षेत्रीय कार्यालयले सन् २०१८ मा यसरी हिडेका २ सय ५९ जनालाई नाकामा रोकथाम गरी आफ्न्तको जिम्मा लगाएको जनाएको छ ।

क्षेत्रीय संयोजक गोविन्द घिमिरेले जारी गरेको प्रेस नोटमा सोहि अवधिमा २४ जनालाई विदेशका विभिन्न स्थानबाट उद्दार गरी नेपाल फर्काइएको उल्लेख छ । पूर्वीनाकामा ९१ जनालाई आवश्यक सोधपुछ र अनुसन्धानपछि नेपाल नै फर्काइएको संयोजक घिमिरेले जारी गरेको प्रेस नोटमा छ । एकवर्षे अवधिमा संस्थाले मानव बेचविखन सम्वन्धी ३ वटा तथा जवरजस्ती करणीको ५ वटा मुद्दा दर्ता गरेको जनाईएको छ ।

घरेलु हिँसामा परेकालाई ३ जनालाई सहयोग गरेको तथा १६ हजार १ सय १३ वटा विभिन्न प्रकारका सवारी साधनको चेकजाँच गरेको र १ हजार ८ सय ६९ लाई सुरक्षित बसाई सराई वारेमा जानकारी गराइएको संयोजक घिमिरेले जानकारी दिए । संस्थामा एकवर्षमा १ सय ७९ वटा मानिस हराएको निवेदन परेपनि ५८ जना फेला पारी आफ्न्तको जिम्मा लगाईएको थियो ।

घरेलु कामदारका रुपमा रोजगारी र राम्रो कमाई हुने ठाउँमा पुर¥याईदिने भन्दै बिभिन्न प्रलोभनमा पारी एजेण्टहरुले नेपाली महिलाहरु भारतको बाटो हुदै लिएर जाने र भारत बिभिन्न स्थानमा खुल्लाम खुल्ला सञ्चालनमामा रहेका बेश्यालयमा बेच्ने र त्यहाँ बेचिनेक्रम बढे पछि महिलाहरुलाई त्यसतर्फ जान कानुनले बन्देज गरेको छ । तर, पनि अज्ञानताका कारण धेरै नेपाली महिलाहरु यसनाका भएर खाडीमुलुक जाने गरेका छन् । अधिकाँश गरिवी, बेरोजगारी, चेतनाको कमि, शिक्षा अभावकै कारण विदेशिने गरेका छन् । विशेषगरि बाहुनडाँगी, सतिघट्टा हुदैं मेचीनगरका अन्य नाकाबाट एजेण्टले लिएर जाने र बर्खामा खोलामा बाढि आएकाले सोझै लैजाने गरेको संयोजक घिमिरेको भनाई छ ।

रोजगारीका लागि गएका धेरै नेपाली चेलीबेटीहरु दलालको फन्दामा परि बेचिने गरेको र धेरै ठाउँबाट आफुहरुले उद्धार गरि ल्याएको घिमीरेले बताए । तर पीडित पक्षको असहयोगकै कारण धेरै गिरोहहरु उम्किन सफल भएको स्थानीय प्रसासनले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *