कपास उद्योग र आल्मुनियम गोदाममा भीषण आगलागी
Published: (Updated: )
by .
काठमाडौं । सतुंगलमा रहेको कपास उद्योग र आल्मुनियम गोदाममा भीषण आगलागी भएको छ। चन्द्रागिरी नगरपालिका ११ मा राज जैसवालले सञ्चालन गरेको कपास उद्योग र चन्दन सराफले सञ्चालन गरेको आल्मुनियम गोदाममा आगलागी भएको हो।
बिहीबार साँझ सवा ७ बजेतिर सुरु भएको आगलागी आज बिहान ३ बजर २० मिनेटमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार अझै पनि भित्र छिरेर क्षतिको विवरण संकलन गर्ने अवस्था छैन। आगो काठमाडौं उपत्यकाका आठ दमकल, ३० पानी ट्याङकर, ४० नेपाली सेना, १५० जना नेपाल प्रहरी, ६० जना सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरिक्षक होविन्द्र बोगटीले जानकारी दिए।
आगलागीका कारण दुवै उद्योगमा पूर्ण क्षति भएको र क्षतीको विवरण भने संकलन हुँदै गरेको प्रहरीले जनाएको छ। उनकाअनुसार विद्युत सट भएर आगो लागेको जानकारी आए पनि अनुसन्धान भइरहेको छ।
Comments