Sajhamanch Archive

चार किलो सुनसहित तीनजना पक्राउ

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । चार किलो सुनसहित धादिङको गजुरीबाट तीनजना पक्राउ परेका छन्।

बिहीबार राति गजुरी प्रहरीको सहयोगमा तीनजनालाई चार केजी सुनसहित पक्राउ गरेको प्रदेश ३ का डीआईजी दीपककुमार थापाले जानकारी दिए।

पक्राउ पर्नेमा रसुवाकाे उत्तरगया गाउँपालिका २ बस्ने २७ वर्षका सञ्जित वाइबा, नुवाकोट तारेकेश्वार गाउँपालिका ५ बस्ने २२ का सुरेन्द्र तामाङ र साेही गाउँपािलकाका वर्ष २४ का विकाश तामाङ रहेका छन्। उनीहरूको साथबाट दुई माेटरसाइकल समेत बरामद गरिएकाे छ।
थाहा खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *