Sajhamanch Archive

वन माहुरीले टोक्दा चार सिकिस्त, एकको अवस्था गम्भीर

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

महोत्तरीमा वन माहुरीले टोकेपछि चार जना गम्भीर बिरामी भएका छन् । महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–८ बजराहीमा वन माहुरीले टोक्दा एक महिलासहित चारजना गम्भीर बिरामी भएका हुन् ।

बिहीबार साँझ घाँसपात लिन घरबाट ५०० मिटर दुरीमा रहेको बगैंँचामा गएको बेला अचानक वन माहुरीको गोलाले आक्रमण गरी चारै जनालाई जीउभरि टोकेर गम्भीर बनाएको थियो ।

स्थानीयवासी महेन्द्र साहका अनुसार वन माहुरीले टोक्दा बजराहीका ४५ वर्षीया शलतियादेवी साह, ४० वर्षीय मोहन साह, १४ वर्षीय अहमद अन्सारी र १३ वर्षीय सागिर राइन गिम्भीर बिरामी भएका छन् ।

चारै जनाको उपचार जिल्ला अस्पताल जनकपुरमा भइरहेको छ । शलतियादेवीको अवस्था गम्भीर रहेको उनका पति मुसाफिर साहले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *