रवि लामिछानेले गरे पत्निसँग डिभोर्स, फेसबुकमा लेखे दुनियाँको घर मिलाएँ आफ्नो सकिँन’
Published: (Updated: )
by .
विराटनगर । पत्रकार तथा सञ्चारकर्मी रवि लामिछानेले आफ्नी पत्नि इशासँग सम्बन्ध बिच्छेद गरेका छन् । उनले करिब २५ वर्ष लामो वैवाहिक सम्बन्धको अन्त्य गर्दै केही दिनअघि मात्रै डिभोर्स गरेका हुन् ।
उनले यसको जानकारी आफ्नो फेसबुकमा एउटा स्टाटस लेख्दै दिएका छन् । उनले सो स्टाटसमा एक विदेशी महिलासँग सम्वन्धमा रहेर एक सन्तानसमेत जन्माएको स्वीकार गरेका छन् ।
रवि र ईशाका दुई छोरी छन् । र, दुवै छोरीको जिम्मेवारी रविले लिएका छन् । रविसँग डिभोर्सपछि ईशा एक हप्ता अगाडि अमेरिका फर्किसकेकी छन् । तर, रविले श्रीमतीसँग डिभोर्सको कारण भने खुलाउन चाहेका छैनन् ।
रविले आफ्नो निजी जीवनलाई लिएर बदनाम गर्ने प्रयास भएको समेत आरोप लगाएका छन् । रविले आफूले २४ वर्षअघि नै ईशासँग विवाह गरेको र अहिले सम्बन्ध विच्छेद भएको बताएका छन् ।
रविले वर्षौंसम्मको मतभेद र अलग बसाइका कारण आफूहरुको सम्बन्ध टिक्न नसकेको बताएका छन् । लामो समयसम्म पत्नीसँग बोलचाल पनि नभएको बताएका रविले आफ्नै राजीखुशीले सबै अधिकार लिएर पत्नीले सम्बन्ध विच्छेद गरेको स्पष्ट गरेका छन् ।
रविले आफूलाई बदनाम गराउन अनेक प्रयास भएको बताउँदै आफूले वर्षौंको एक्लो जीवन र असफल सम्बन्धहरुबाट पाठ सिक्दै अघि बढ्ने बताएका छन् ।
Comments