शिवसताक्षीका विपन्न तथा असहाय विद्यार्थीलाई न्यानो कपडा वितरण
Published:
by .
दूधे । शिवसताक्षीका विद्यार्थीहरुलाई स्थानीय शिवसताक्षी सरोकार समाजले जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको छ ।
शिवसताक्षीको दूधे स्थित श्री राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका ८१ जना विद्यार्थीहरुलाई समाजले सुइटर वितरण गरेको हो । शिवसताक्षी नगरपालिकाका प्रमुुख चन्द्रकुमार शेर्माले विद्यार्थीलाई सुइटर लगाई दिएर वितरण सुरु गरेका थिए । विद्यालयका कक्षा १ देखि ५ सम्मका विपन्न र असहाय विद्यार्थीहरुलाई ३० हजार मुल्य बराबरको न्यानो कपडा वितरण गरेको समाजका अध्यक्ष देवेन्द्र खरेलले जानकारी दिए ।
समाजका अध्यक्ष सहित महेन्द्र थापा, खड्ग अधिकारी, विकास मावो र नविन खरेलले उपलब्ध गराएको रकमबाट न्यानो कपडा वितरण गरिएको बताइएको छ । वितरणका क्रममा नगरप्रमुख चन्द्र कुमार शेर्माले न्यानो कपडा वितरण गर्ने संस्थालाई धन्यवाद दिएका थिए । उनले शिवसताक्षी नगर भित्रका विपन्न तथा असहाय विद्यार्थीहरु जाडोमा लगाउने कपडा अभावकै कारण पढ्नबाट बच्चित हुनु नपर्ने जानकारी दिए । नगरप्रमुखले भने, सितलहर, बाढी जस्ता प्राकृतिक प्रकोपबाट आउने समस्यामा नगरको विपत् व्यवस्थापनले सहयोग गर्ने छ ।
न्यानो कपडा वितरणमा शिवसताक्षी वडा नं. ११ का वडाध्यक्ष भैरवकुमार श्रेष्ठ, वडा नं. ९ वडाध्यक्ष छविलाल पाठक, सतासीधाम बहुमुखी क्याम्पस प्रमुख उमानाथ दाहाल तथा शिक्षक, शिक्षिकाहरुको उपस्थिति रहेको थियो ।
Comments