Sajhamanch Archive

लागु औषधको कारोबार गरेको आरोपमा अर्जुनधारबाट दुई जना पक्राउ

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विर्तामोड । झापाको अर्जुन धाराबाट प्रहरीले लागुऔषध ब्राउन सुगरको कारोबार गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा डेरा गरी बस्ने ३१ बर्षीय विकास गुरुङ र उनकी श्रीमती २० बर्षीया सेञ्जल लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो ।

गुरुङ दम्पत्तिका साथबाट २४.७१ ग्राम ब्राउन सुगर र नगद बरामद गरिएको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ । यसअघि लागूऔषध २३३ ग्राम ब्राउन सुगरसहित झापा प्रहरीले दमक–६ का सङ्ग्रामसिंह लिम्वू, अर्जुनधारा–१० का भीमबहादुर अधिकारी, उनकी श्रीमती ओममाया खतिवडा र कचनकवल–२ की रेवतीमाया डाँगी लाई पक्राउ गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *