चन्द्रगढी खानेपानीको १ करोड ६३ लाख आम्दानी
Published:
by .
भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को १७ औ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
प्रदेश १ का सांसद गोपाल बुढाथोकीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ. व. २०७४।७५ को असार मसान्त सम्ममा १ करोड ६३ लाख ४१ हजार ५ सय ९४ रुपैया आम्दानी तथा १ करोड २९ लाख ३ हजार ६५ रुपैया खर्च सहितकोे प्रतिवेदन प्रस्तुत गरेका थिए ।
अध्यक्ष अधिकारीले सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण भइरहेको सडक विस्तारका क्रममा समितिको क्षेत्र भित्र ६ करोड बराबरको पाइप लाइनमा क्षति हुँदा उपभोक्तालाई शुद्ध पिउने पानी वितरणमा समस्या परेको उल्लेख गरेका छन् । समितिको कार्यक्षेत्र भित्र देखिएको पानी अभाव हटाउन तयार पारिएको दोस्रो खानेपानी ट्याङ्की सञ्चालनमा सघन सहरी विकासका कामले अवरोध हुँदा ढिलाइ भइरहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सभामा भद्रपुर नगरपालिकाका नगर प्रमुख जीवन कुमार श्रेष्ठ , खानेपानी समितिका संस्थापक अध्यक्ष लेखनाथ निरौला नेकपाका नेता असारु राजवंश, चन्द्रगढी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हिराप्रसाद पोखरेल, पूर्व अध्यक्ष अम्वरवहादुर कार्की भद्रपुर नगरपालिका वाड नं ७ का वडा अध्यक्ष विनोद पोख्रेल वाड नं १० का अध्यक्ष टेक वहादुर खड्का काजी ,परिषद सदस्य देवेन्द्र गौतम लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शुद्घ खानेपानी वितरणमा समितिका प्रयासलाई सहयोग गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।
Comments