Sajhamanch Archive

पूर्वराष्ट्रपति चिकित्सकीय सेवामा फर्कने

Published: in राष्ट्रिय समाचार by .

काठमाडाैं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका छन्। बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११औँ वार्षिक साधारणसभालाई शनिबार सम्बोधन गर्दै पूर्वराष्ट्रपति यादवले चिकित्सकीय सेवामा फर्कने संकेत गरेका हुन्।

उनले सरकारी अस्पतालमा दैनिक एक घण्टा सेवा गर्ने गरी काम गर्ने सोच बनाएको बताए। पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका यादव राजनीतिमा आउनुभन्दा अघि बिपी कोइरालाको निजी चिकित्सक पनि थिए। भारतको कोलकत्तामा चिकित्सा शिक्षा अध्ययन गरेका उनी कोइरालाकै संगतमा राजनीतिमा आएका थिए। उनी मेडिसिन विशेषज्ञ हुन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *