हुम्लामा आगलागी, १३ घर जले
Published: (Updated: )
by .
हुम्ला । हुम्ला जिल्लाको चंखेली गाउँपालिका–२, मिमिको मेखाला गाउँमा रहेको औउलमा रहेका १३ वटा खरका घर जलेर नष्ट भएका छन्।
मेखलाको औलमा बिहान ११ बजेतिर बच्चाले लगाएको आगोबाट सल्केपछि सबै खरका घर जलेर नष्ट भएको मेखालाबाट धन बहादुर ऐडीले बताए। आगलागीबाट खरका घर जलेर पूर्णरुपमा ध्वस्त हुनाका साथै खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेर नष्ट भएको उनले बताए। हिउँदको महिनाभर गाईवस्तुको आहारका लागि सुकाई राखेका राखेका घाँसपात सबै जलेर नष्ट भएको पनि उनले बताए। उनका अनुसार बिहान सबै गाईवस्तु वनमा चराउन पठाएको समयमा एकासी आगलागी हुँदा एउटा गाईको बाछोसमेत मरेको छ।
मेखालाका स्थानीय बासिन्दाका बढी पशुपालन भएकोले हिउँदको बाँकी महिना कसरी गाईवस्तुलाई आहारा के जुटाउने हो भन्ने चिन्ता भएको बताए। आगलागीबाट धन बहादुर ऐडी, ज्ञाने तामाङ, गोपाल ऐडी, पाल्सरी तामाङलगायत १३ जानको खरको घर जलेर नष्ट भएको हो।
Comments