५० शैयाको अस्पताल निर्माणका लागि २२ रोपनी जग्गा दान
Published:
by .
सोलुखुम्बु । जिल्लाको थुलुङदुधकोशी गाउँपालिका केन्द्र मुक्लिमा निर्माण हुने अस्पतालको लागि २२ रोपनी जग्गा निशुल्क प्राप्त भएको छ।
गाउँपालिकाले निर्माण गर्न लागेको दुधकोशी सामुदायिक अस्पतालका लागि उक्त जग्गा प्राप्त भएको गाउँपालिका अध्यक्ष असिम राईले जानकारी दिए। ‘स्थानीय समाजसेवी गोरे राईले अस्पतालको लागि जग्गा उपलब्ध गराएका हुन्।’ अध्यक्ष राईले भने, ‘हामी उक्त जग्गामा सुविधासम्पन्न ५० शैयाको अस्पताल निर्माणको अभियानमा छौ।’
अध्यक्ष राईका अनुसार शनिबार जग्गा दाता राईलाई काठमाडाैं एक कार्यक्रमका बीच भव्य सम्मान समेत गरिएको छ। समग्र गाउँपालिकाको विकास निर्माणमा महत्वपुर्ण सहयोग गरेको भन्दै गाउँपालिकाले सम्मान गरेको जनाएको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा सम्पन्न एक कार्यक्रमका बीच जग्गादाता राईलाई सम्मान गरिएको हो।
Comments