Sajhamanch Archive

सुइटर पाएपछि खुसी साट्दै विद्यार्थी

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दूधे । शिवसताक्षी न.पा ११ स्थित श्री मैनाचरी आधारभूत विद्यालयका विद्यार्थीहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । विद्यालयका ५८ जना विपन्न तथा असहाय विद्यार्थीहरुलाई बाह्रदशी गाउँपालिकाको समिक्षा फाउन्डेशनले जाडोमा लगाउने सुइटर वितरण गरेका हो ।

बाह्रदशी गाउँपालिकामा हेम कोइरालाकी छोरी समिक्षा कोइराला र धुव्र शिवकोटीकी छोरी समिक्षा शिवाकोटीको नामबाट संयुक्त रुपमा खोलिएको समिक्षा फाउन्डेशनले २५ हजार बराबरको सुइटर वितरण गरेको जनाएको छ । विपन्न तथा असहाय विद्यार्थीहरु जाडोमा एउटा सट मात्र लगाएर विद्यालय जाने केही विद्यार्थीहरु कपडा अभावकै कारण विद्यालय जान नसक्ने भएकाले हामीले त्यस्ता विद्यार्थीहरुलाई राहत स्वरुप सुइटर वितरण गरेको फाउन्डेशनका हेम कोइरालाले बताए । विद्यार्थीहरु सुइटर पाएपछि खुसी साटासाथ गरेका थिए

यसैबीच विद्यालयबाट विभिन्न समयमा अन्य विद्यालयमा सरुवा भएर जाने शिक्षकहरुलाई पनि विदाई गरिएको छ । शिक्षक मित्रप्रसाद थापा, गंगाप्रसाद घिमिरे, रामदेव साहलाई विद्यालयका प्र.अ. रामप्रसाद मण्डल र विद्यालय व्यवस्थापन समिति अध्यक्ष मिलनकुमार राईले मायाको चिनो सहित फुलमाला लगाइदिएर विदाई गरिएको शिक्षक मिभ बस्नेतले बताए । अवकाश प्राप्त शिक्षक बिलराम कडरिया र मोहनप्रसाद तिवारीलाई विद्यालयले विदाई गरेको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *