Sajhamanch Archive

झापामा एक महिलाको जलेर मृत्यु

Published: in राष्ट्रिय समाचार by .

दमक । झापाको गौरीगंज गाउँपालिकामा एक महिलाको जलेर मृत्यु भएको छ । गाउँपालिकाको वडा नं. २ हेमनाडाँगी स्थित जोगेन टुडुकी श्रीमतीको जलेर मृत्यु भएको हो ।

शनिबार राती मादक पदार्थ सेवन गरेर आफ्नै घरको बरण्डामा सुतिरहेको अवस्थामा नजिकै बलेको मट्टितेलको कुपीबाट आगो सल्किएर ओछ्यानमा आगो लागेको प्रहरीले जनाएको छ ।

आगलागीबाट ४५ वर्षीय सुनिता टुडुको सुतेकै स्थानमा मृत्यु भएको हो । घटनाको आवश्यक अनुसन्धान पश्चात शवलाई परिक्षणको लागि आम्दा अस्पताल दमक पठाईएको इलाक प्रहरी कार्यालय गौरीगञ्जले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *