Sajhamanch Archive

जिल्ला समन्यव समितिद्वरा नदीजन्य सामाग्रीको अनुगमन

Published: in राष्ट्रिय समाचार by .

झापा । जिल्ला अनुगमन तथा समन्वय समितिले नदीजन्य तथा ढुंगा गिट्टी र बालुवा, खानीजन्य पदार्थ उत्खनन, संकलन बिक्री सम्बन्धी स्थलगत अनुगमन गरेको छ ।

मन्त्रिपरिषदको २०७५ असोज २८ गतेको निर्णयबमोजिम जारी भएको जिल्ला अनुगमन तथा समन्वय समिति निर्देशिकाअनुसार गठन भएको समितिले मंगलबार स्थलगत अनुगमन गरेको हो ।  अनियमित रुपमा उत्खनन भएको जनगुनासो बढे सँगै अनुगमन तथा समन्वय समिति झापाले अवैध नदी उत्खनन रोक्न बिर्तामोड नगरपालिकालाई निर्देशन दिएको छ ।

समन्वय प्रमुख सोमनाथ पोर्तेलको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र पौडेल, एसपी भीम ढकाल, सशस्त्रका एसपी रेशमकुमार थक्सुसहितको अनुगमन टोलीले स्थलगत निरीक्षण गर्दा देउनिया खोलामा अवैध ढंगबाट नदी उत्खनन गरिरहेको भेटिएको थियो ।

अनुगमनको सिलसिलामा बिर्तामोड ७ स्थित सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन क्षेत्रअन्तर्गत देउनिया खोलामा बिर्तामोड नगरपालिकाबाट सम्बन्धित नदीको प्रारम्भिक वातावरण परीक्षण नगरी नदीजन्य सामग्रीहरु उत्खनन गरेको पाइएको समितिले बताएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *