Sajhamanch Archive

झगडा मिलाउन न्यायिक समिति पुगेका दुई पक्षबीच कुटाकुट

Published: in राष्ट्रिय समाचार by .

मेचीनगर । मेचीनगर— ६ मा रहेको अरुणोदय माध्यमिक विद्यालय र स्थानीय तोयानाथ चेपाङबीचको सीमा विवादका कारण मंगलबार दुईपक्षबीच मेचीनगर नगरपालिका परिसरमा कुटाकुट भएको छ ।

साविक नकलबन्दा वडानम्बर ८ घ कित्ता नम्बर १२२१ र १२२२ भित्र पर्ने जग्गामा दुवैपक्षबीच निक्कै अघिदेखि विवाद शुरु भएको थियो । दुवैपक्षबीचको सीमा विवाद नगरपालिकाको न्यायिक समितिमा समेत पुगेको थियो । यसै विषयमा पटक पटक दुवैपक्षलाई बोलाएर समितिले छलफल गराएको थियो ।

मेची नगरपालिकाकी उपप्रमुख तथा न्यायिक समिति संयोजक मिना पोखरेल उप्रेतीको कार्यकक्षमा प्रतिनिधिमुलक ढंगले यसै विषयमा छलफल भईरहेको अवस्थामा नगरपालिकाका परिसरमा बाहिर दुवैपक्षबीच हात हालाहालको स्थिति भइसकेको प्रत्यक्षदर्शीले बताए ।
मुद्दालाई आपसी र दुवैपक्षलाई न्याय हुने गरी नगरप्रमुख विमल आचार्य, प्रमुख उपप्रमुख उप्रेती र प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्गसहितको उपस्थितीमा प्रतिनिधिमुलक रुपमा छलफल भइरहेका बखत घटना भएको बताइएको छ । नगरपालिकाले यसअघि पुस २२ गते निर्माण कार्य रोक्का गरी नगरपालिकामा उपस्थित हुन पत्रचार गरेको थियो ।

तर, चेपाङ्ग भने उपस्थित हुन मानेका थिएनन् । विद्यालयका अध्यक्ष भगिरथ राईले विद्यालयको जग्गामा व्यक्तिले निर्माण सामग्री थुपारेर निर्माण कार्य शुरु गर्ने बुझिएको  भन्दैं विद्यालयले चर्चेको जग्गा खाली गराई निर्माण कार्य रोक्का गर्न नगरपालिकामा निवेदन दिएपछि नगरपालिका निर्माण कार्य रोकेर छलफलका लागि चेपाङ्गलाई बोलाईएको थियो । जग्गा नापजोख गर्दा पुर्वपटि ७ र पश्चिम पटि ९ फिट विद्यालयको जग्गा अतिक्रमण भएको बताईएको छ ।

घटनमा दुवैपक्षका दुईजना समान्य घाइते भएको बताईएको छ । घटनमा चेपाङ्ग पक्षका बीरबहादुर श्रेष्ठ घाइते भएको बताईएको छ । श्रेष्ठले दोषीलाई कारवाहीको माग गदैं इलाका प्रहरी कार्यालय काँकरभिट्टामा निवेदन दिएको बताए । विद्यालयतर्फका दिवाकर कार्की घाईते भएको बताइएको छ । उनको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भएको विद्यालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *