Sajhamanch Archive

आफैंले सल्काएको आगोले जलेर महिलाको मृत्यु

Published: in राष्ट्रिय समाचार by .

लमजुङ । खरबारीमा आगो सल्काउँदा एक महिलाको जलेर मृत्यु भएको छ। मस्र्याङ्दी गाउँपालिका ५ सञ्जापु गाउँकी ५७ वर्षकी मैती गुरुङको बुधबार उपचारको क्रममा पोखरामा मृत्यु भएको हो।

मंगलबार बेलुका घर नजिकैको खरबारीमा घाँस पलाउँछ भनेर आफैंले आगो लगाएको र आगो सल्केर आलैंचीबारीमा आएपछि नियन्त्रण गर्ने क्रममा शरीर पोलिएको सञ्जापु गाउँका स्थानीय कामसार्की गुरुङले बताए ।

उपचारका लागि लमजुङ जिल्ला सामुदायिक अस्पतालमा ल्याइएको र उपचार सम्भव नदेखिएपछि पोखरास्थित मणिपाल अस्पतालमा रेफर गरिएको थियो। उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मैती गुरुङको मृत्यु भएको मृतककी बुहारी सुनिता गुरुङले जानकारी दिइन्।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *