Sajhamanch Archive

जापानका विदेशमन्त्री आउँदै, नेपाल–जापान हवाई सम्झौता हुने

Published: in राष्ट्रिय समाचार by .

काठमाडौ । जापानका विदेशमन्त्री तारो कोनोको औपचारिक भ्रमणका क्रममा आज नेपाल आउदै हुनुहुन्छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपालको दुई दिवसीय औपचारिक भ्रमणका लागि आज नेपाल आउन लाग्नुभएको हो ।

भ्रमणका क्रममा नेपाल र जापानबीच हवाई सेवा सम्झौता हुने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उहाँका समकक्षी कोनोबीच आज अपराह्न हुने मन्त्रीस्तरीय वार्तापछि उक्त सम्झौता हुनेछ ।

त्यसैगरी, नेपाल र जापानको परराष्ट्र मन्त्रालयबीच सहयोग प्रवद्र्धन गर्नेसम्बन्धी द्विपक्षीय परामर्श संयन्त्र निर्माण हुनेछ । परामर्श संयन्त्र निर्माणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर तथा आदान-प्रदान हुनेछ ।

भ्रमणबाट नेपालमा जापानी लगानीे तथा पर्यटन प्रवद्र्धन हुनुका साथै जापानको श्रम बजारमा धेरै भन्दा धेरै नेपाली श्रमिक पठाउन फलदायी हुने तथा आपसी मैत्री, समझदारी र सहयोग अभिवृद्धिमा योगदान पुग्ने विश्वास गरिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवाली र उहाँका जापानी समकक्षी कोनो नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तामा नेपाल–जापान द्विपक्षीय सम्बन्धका सबै पक्षमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *