Sajhamanch Archive

कमल गाउँपालिकामा एक महिने ड्राइभिङ्ग तालिम सुरु

Published: in राष्ट्रिय समाचार by .

कमल । झापाको कमल गाउँपालिकामा एक महिने ड्राइभिङ्ग तालिम विहीबारबाट सुरु भएको छ । उद्यमशिल महिला जागरण केन्द्रको आयोजनामा र कमल गाउँपालिको आर्थिक सहयोगमा ड्राईभिङ्ग तालिम सुरु भएको हो ।

कमल गाउँपालिकाका युवालाई सिप सिकाई आत्म निर्भर बनाउने उदेश्यले स्थानीय युवालाई ड्राईभिङ्ग तालिम दिइएको गाउँपालिकाले जनाएको छ । उद्यमशिल महिला जागरण केन्द्रकी अध्यक्ष शान्ता दाहालको अध्यक्षतामा भएको तालिमको उद्घाटन गर्दै प्रमुख अतिथी कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्लेले गाउँमा रहेका हरेक युवालाई विभिन्न सीप मुलक तालिमले स्वदेशमै आय आर्जन गर्न सकिने बताइन् ।

कार्यक्रममा वडा नम्बर ३ का वडा सदस्य चक्र गुरुङ्ग, वडा नम्बर १ का अध्यक्ष केदार कटुवाल, महिला सशक्तिकरण केन्द्रकी अध्यक्ष भुमिका कोईराला लगायतले तालिमको पूर्ण सफलताको कामना गरेका थिए । तालिमा प्रत्येक वडाबाट २ जनाका दरले सहभागी रहने केन्द्रकी सचिव सरिता बरालले जानकारी दिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *