Sajhamanch Archive

कमल गाउँपालिकामा नागरिक सुनुवाई

Published: in राष्ट्रिय समाचार by .

कमल । प्रहरीले गरेका कामको चासो, गुनासो र प्रश्न सहितको कार्यक्रम नागरिक सुनाई कार्यक्रममा कमल गाउँपालिका बासीले प्रहरीलाई प्रश्न गरेका छन् ।

नागरिक सुनवाई कार्यक्रममा सहभागीले गाउँ गाउँमा लागुऔषध प्रयोगकर्ता बढेकाले त्यसको नियन्त्रणमा प्रहरी चासो नदेखाएको भनी प्रश्न गरेका थिए । त्यस्तै दमकबाट केर्खा आउँदा बसका सहचालकले बसमा यात्रुलाई चढाउन नमानेकाले गाउँपालिका बासी तथा विद्यार्थीहरुले धेरै दुःख पाएको जानकारी गराइएको थियो । कमल खोलादेखि रतुवा खोलासम्म छाडा चौपायाका कारण सवारी दुर्घटना बढेको, दुर्घटनामा किन प्रहरीको उपस्थिति ढिलो भएको भनी प्रश्न उठेका थिए ।

नागरिकबाट सोधिएका प्रश्नको जवाफ ईलाका प्रहरी कार्यालय दमकका प्रहरी नायव उपरीक्षक श्याम लाल सुब्बा दिएका थिए । कमल गाउपालिका अध्यक्ष मेनुका काफ्लेका प्रमुख प्रशासकिय अधिकृत युवराज ढकालले नागरिकको जिज्ञासा बारेमा बुझेका थिए ।

कार्यक्रममा कमल गाउपालिका अध्यक्ष मेनुका काफ्लेको अध्यक्षतामा र ईलाका प्रहरी कार्यलय दमकका प्रहरी नायव उपरिक्षक श्यामल लाल सुब्बाको प्रमुख आतिथ्यता रहेको थियो । सामुदायिक प्रहरीको साझेदारीमा कार्यक्रम सम्पन्न भएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *