Sajhamanch Archive

१३५ औं लेखनाथ जयन्तीमा सृष्टा सम्मानित

Published: (Updated: ) in शिक्षा by .

भद्रपुर । १३५ औं लेखनाथ जयन्तिको अवसर पारेर भद्रपुर १० स्थित लेखनाथ पुस्तकालय चन्द्रगढीले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

भाषाविद प्राध्यापक डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यमा श्रीप्रसाद ओली स्मृति साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष साहित्य सम्मान, भक्त किरण साहित्य सम्मान, श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन तथा स्रष्टा सम्मान कार्यक्रम गरिएको हो ।

श्रीप्रसाद ओली स्मृति साहित्य सम्मानबाट भारत आसामकी स्रष्टा इन्दुप्रभा देवीलाई सम्मान गरिएको हो । त्यसैगरी श्यामकृष्ण कामाक्ष साहित्य सम्मानबाट इलामका कवि यादवप्रसाद अधिकारी, भक्त किरण साहित्य सम्मानबाट दमककी विन्दु दाहाललाई सम्मान गरिएको थियो । श्यामकृष्ण कामाक्ष छात्रा प्रोत्साहन पुरस्कारबाट वीरेन्द्र माविकी छात्रा विनिषा पौडेललाई नगद ५ हजारले पुरस्कृत गरिएको थियो । यसैगरी स्रष्टा सम्मानबाट भद्रपुरका उपन्यासकार पवन निल र कवि तुलसी उपाध्यायलाई पनि सम्मान गरिएको थियो ।

पुस्तकालयका अध्यक्ष नवराज घिमिरेको सभापतित्व तथा प्रदेश संसद ओमप्रकाश सरावगीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा झापा तथा छिमेकी जिल्लाबाट आएका कवि तथा गजदकारले विविध रचना वाचन समेत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *