Sajhamanch Archive

मन्त्री परिषदको निर्णयः जग्गा दर्ता सम्बन्धी समितिको अध्यक्षमा खनाल र सदस्यमा अधिकारी नियुक्त

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

दमक । झापा जिल्लाको साविक सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी महारानीझोडा, लखनपुर, क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिमा राधाकृष्ण खनाललाई सरकारले नियुक्त गरेको छ ।

झापा शिवसतासी ३ का खनाल अध्यक्षमा नियुक्ता भएका छन् भने समितिको सदस्यमा गौरादह ५ का मदन प्रसाद अधिकारी नियुक्त भएका छन् । यस क्षेत्रमा बर्षौदेखि रहेको अब्यवस्थित बसोबास तथा जग्गाको समस्या सामधान गर्नका लागि समिति बनेको बताइएको छ । खनाल र अधिकारीलाइ यो जिम्मेवारी दिइएपछि यस क्षेत्रको समस्या सामधान हुनेमा स्थानीयहरु आशाबादी बनेकाहुन् ।

यसको सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जनाएकाछन् ।

मन्त्रिपरिषद बैठकको निर्णय यस्तो छ

झापा जिल्ला महारानीझोडा, लखनपुर, सतासीधाम, शिवगञ्ज, धरमपुर, तोपगाछी क्षेत्रको जग्गा दर्ता सम्बन्धी समिति गठन आदेश, २०७५ बमोजिम गठित समितिको अध्यक्षमा शिवसतासीधाम–३, धरमपुर, झापाका श्री राधाकृष्ण खनाललाई र समितिको सदस्यमा हाल गौरादह नगरपालिका–५, झापाका श्री मदन प्रसाद अधिकारीलाई तोक्ने र सो को सूचना नेपाल राजपत्रमा प्रकाशित गर्ने निर्णय गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *