Sajhamanch Archive

अवकाश भएका ५२ प्रहरी अधिकृतको घरमा कार्यरत ८५ प्रहरी फिर्ता

Published: in मिडियाबाट साभार by .

काठमाडौं । अवकाशप्राप्त उच्च प्रहरी अधिकारीको घरमा अवैध रूपमा कार्यरत ८५ प्रहरी मुख्यालय तानिएका छन्  । प्रहरी प्रधान कार्यालयले पाँच पूर्वप्रहरी महानिरीक्षक (आइजिपी)सहित ५२ प्रहरीको घरबाट पिएसओका नाममा राखिएका सुरक्षाकर्मी फिर्ता गरेको हो ।

विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि २०७० उल्लंघन गर्दै अवैध रूपमा राखिएका सुरक्षाकर्मी फिर्ता बोलाएको प्रहरीले जनाएको छ ।

एउटै पूर्वएआइजीको घरमा चारजनासम्म सुरक्षाकर्मी

नियमविपरीत पूर्वएआइजीहरूले राखेका पिएसओ पनि हटाइएको छ । कार्यविधिमा अवकाशप्राप्त आइजिपीले मात्र पिएसओ तथा सहयोगीको सुविधा पाउने उल्लेख छ । तर, सबैजसो अवकाशप्राप्त एआइजीहरूले पिएसओका नाममा सहयोगी राखेका छन । एआइजीले राखेका एकभन्दा धेरै प्रहरी मात्र फिर्ता गरिएको स्रोतले बतायो ।

पूर्वएआइजी विजयलाल कायस्थको घरबाट एक हवल्दार र तीन जवानलाई फिर्ता गरिएको छ । अझै पनि उनीकहाँ केही प्रहरी छन् । त्यस्तै, पूर्वएआइजी मिङमार लामाको घरबाट पनि चार प्रहरी लगेकोमा फिर्ता गरिएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *