ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु
Published: (Updated: )
by .
मोरङ ।मोरङको धनपालथान गाउँपालिका–३ भलुवा खोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बिहीबार भएको सो दुर्घटनामा एक भारतीय नागरिकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी ट्याक्टरका चालक भारत अररिया कुवाडी गाउँ बस्ने ४० वर्षीय अशोक सरदारको घटनास्थलमा नै मुत्यु भएको सिमा प्रहरी चौकी मायागंजले जनाएको छ ।
बिहीबार अपरान्ह पौने ५ बजे भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ खेतमा पानी पटाउने मेशिन बोकेर जाँदै गरेको को। २ त। ४८६५ नम्बरको ट्याक्टर आँफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।
Comments