Sajhamanch Archive

दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री बितरण

Published: in राष्ट्रिय समाचार by .

विर्तामोड ,। इनर विल क्लब अफ बिर्तामोड मिडटाउनले दुर्गा मा.वि.का दृष्टिविहीन विद्यार्थीलाई न्यानो कपडासहित शैक्षिक सामग्री बितरण गरेको छ ।

आफ्नो अन्तर्राष्ट्रिय स्थापना दिवशको अवसर पारेर इनर विल क्लब अफ बिर्तामोड मिडटाउनले गरामनी स्थित दुर्गा मा.वि.का शिक्षक सहित ७ विद्यार्थीलाई ज्याकेट र शैक्षिक सामग्री उपलब्ध गराएको हो ।

न्यानो कपडा वितरण कार्यकममा बोल्दै स्पोन्सर रोटरी क्लबकी अध्यक्ष सुभ कुमाई पाठकले यो कार्यक्रम “हामी लाई पनि जाडो लाग्छ” कार्यक्रमको निरन्तरता रहेको बताइन् । हामीलाई पनि जाडो लाग्छ कार्यक्रम बिगत केहि वर्षदेखि रोटरी क्लब अफ बिर्तामोड मिडटाउनले बिपन्न पहाडी भेगका बालबालिका लक्छित गरेर सुरु गरेको हो ।

क्लबमा आबद्ध १७ सदस्यहरु कै आर्थिक संकलनबाटै उक्त सामग्री हस्तन्तरण गरिएको इनर व्हीलकी अध्यक्ष भूमिका पोख्रेलले स्पष्ट पारिन् । कार्यकमको संचालन भने क्लबकी सचिव जमुना भुसालले गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *