Sajhamanch Archive

व्याट्री पड्कदा एक बालकको मृत्यु

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

विराटनगर । विराटनगर– १५ स्थित रमजानकी टोलमा व्याट्री पड्केर ७ वर्षीय अमित मण्डलको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् । स्थानीय सुवास मण्डलका छोरा अमित मण्डल मृत्यु भएको प्रहरीले प्रहरीले जनाएको हो । घटनामा परी राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी पनि घाइते भएकी छन् ।

जाडोका कारण बालबालिकाहरू परालको आगो बालेर ताप्ने क्रममा बेवारीसे रूपमा रहेको ब्याट्री पड्किएको हो । घाइते भएकी राधिकाकुमारीको कोसी अञ्चल अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी रानी विराटनगरले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *