लागुऔषधसहित दुई जना भारतीय नागरिक पक्राउ
Published:
by .
धरान । सुनसरीको धरान उप महानगरपालिका –४ सर्दु खोलाबाट लागु औषध डाईलक्स डि.सी. र स्पास्मोप्रोक्सिवन ट्याव्लेट सहित २ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
बिशेष सुराकीले दिएको गोप्य सुचनाको आधारमा आज दिउँसो इलाका प्रहरी कार्यालय धरानबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले को २० प ८०९८ नम्बरको मोटरसाईकलमा सवार भारतको अररिया जिल्ला बेला ग्राम पञ्चायत–९ का २० बर्षीय सहादत मन्सुरी र १८ बर्षीय रिजवन अन्सारीलाई १५ बोतल डाईलक्स डि.सी. र २८८ ट्याब्लेट स्पास्मोप्रोक्सिवन सहित पक्राउ गरेको हो ।
लागु औषध सहित पक्राउ परेका दुवैजनालाई ईलाका प्रहरी कार्यालय धरानमा राखी थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
Comments