सेन्टरी युवा क्लबको नयाँ कार्यसमिति चयन
Published:
by .
मेचीनगर । हिमा खनालको अध्यक्षतामा दुई बर्षे कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्य समिति चयन भएको छ ।
सेन्टरी युवा क्लब मेचीनगरले जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराउनका लागि खनालको नेतृत्वमा तदर्थ समिति निर्माण गरेको थियो । समितिले विधिवत रुपमा जिल्ला प्रशासन कार्यालय र झापा जिल्ला खेलकुद विकास समितिमा संस्था दर्ता गराए संगै २ बर्षे कार्यकालका लागि संस्थाको अध्यक्षमा हिमा खनाल लाई सर्व सम्मत चयन गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा चन्द्रकान्त धमला (प्रकाश) , सचिवमा तेजन राजवंशी, सहसचिवमा विजय तामाङ्ग र कोषाध्यक्षमा सन्जीता मगर रहेका छन । त्यसै गरेर सदस्यहरुमा नसिव धिमाल, मनिस थापा, विनम मेचे, मिना धिमाल, भिम बहादुर थापा, लिला बुडाथोकी, मंजिल थामी, पुनस थामी, प्रेम शेर्मा र सुन्दर किसान रहेका छन् ।
संस्थाको सल्लाहकारहरु लालबहादुर थामी, गिरीराज धमला, बिष्णु भट्टराई लगायतको शुभकामना मन्तव्य रहेको कार्यक्रममा पत्रकार, समाजसेवी स्थानियवासी लगायतको उपस्थिति थियो । संस्थाकी अध्यक्ष हिमा खनालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव तेजन राजवंशीले गरेका थिए ।
Comments